ट्रेन्डीङ्ग

माओवादीबाट श्रेष्ठ उपप्रधानमन्त्री बन्ने,मन्त्रालय टुङ्गो लाग्न बाँकी

काठमाण्डाै।नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने हुनुभएको छ।

पार्टीको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो।तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ ।

श्रेष्ठ राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ । यसअघि उहाँ परराष्ट्र र गृहमन्त्री भइसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?