
सुनवल।सर्बङिण कृषि सहकारी सस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष खगराज उपाध्ययाको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर थापाको प्रमुख आतिथ्यता सप्पन्न भएको हो।
२२ सय ८१ शेयर सदस्य रहेको यस सस्थाले आर्थिक बर्षमा कृषि उपजको उत्पादन गरौं आत्मनिर्भर बनौं भन्ने उद्देश्यका साथ २२ बर्ष अगाडि स्थापना भएको सस्थामा बचत गत्ने बानी बसाल्ने फजुल खर्च घटाउने,आपसी भाईचाराको बिकास गर्ने,स्वरोजगार हुँदै ग्रामीण क्षेत्रमा व्यावसायिक कृषि गर्न प्रोत्साहित गर्दै सस्था अगाडि बढेको सस्थाका अध्यक्ष खगराज उपाध्यायले बताउनु भयो।
साधारण सभाका प्रमुख अतिथि तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मन बहादुर थापाले सर्बङिण कृषि सहकारीले कृषि को प्रवर्द्धन गर्दै कृषकलाई सहुलियत रुपमा बीउ मल उपलब्ध गरायको भन्दै आगामी दिनमा अजै सेवा बिस्तार गर्दै जानू पर्नेमा जोड दिनु भयो।
साधरण सभामा सस्थाका सल्लाहकार समिति सदस्य कृष्ण बन्धु अर्याल,जनकल्याण बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष दयाराम भण्डारी,सुनवल नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिमलाल चापागाईंले लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।
आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका कोषध्यक्ष हरि चापागाईंले आर्थिक बर्ष २०८७/०७९ मा कुल आम्दानी भएको मा २ करोड ८३ लाख ६९ हजार र खर्च २ करोड ४४ लाख ८ हजार ४ सय ४१ र ३९ लाख ६० हजार शुद्ध मुनाफा गर्न सफल भएको बताउनु भयो।
साधारण सभामा सस्थाका उपाध्यक्ष रुद्रनाथ लामिछानको स्वागत मनतब्य राख्नु भएको थियो भने कार्यक्रम को सन्चालन सचीव कृष्ण प्रसाद अर्यालले गर्नु भएको थियो।
सस्थाले आर्थिक बर्ष ७८/७९ मा शेयर सदस्यका छोराछोरी हरुल विभिन्न तहमा बिशिस्ट अन्क ल्याउन सफल विद्यार्थी, ८४ बर्ष पूरा भएका शेयर सदस्यका बुवा आमा र ८० बर्ष पूरा भएका शेयर सदस्यलाई सम्मान गरेको सस्थाका ब्यास्थापक सोमनाथ सापकोटाले जानकारी दिनुभयो।