ट्रेन्डीङ्ग

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौं : नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

पेट्रोल, डिजल तथा मट्टीतेलको साविक मूल्यमा दुई रुपैयाँ बढाइएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु ११४, डिजल र मट्टीतेलको रु ९७ तथा हवाई इन्धनको मूल्य ६७ तिर्नुपर्ने भएको छ ।

एलपी ग्याँसको मूल्य यतावत रहेको छ । ग्यासको मूल्य अघिल्लो साता मात्र प्रतिसिलिण्डर १३७५ बाट २५ रुपैयाँ बढेर १४०० रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । पछिल्लो समय स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसक्दा निगम घाटामा गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?