ट्रेन्डीङ्ग

नदिजन्य पदार्थ चोरि निकासी नियन्त्रण गर्न सरोकारवाला निकायलाई पत्राचार

परासी।पश्चिम नवलपरासीको सुस्ता गाउपालिका अन्तरगत पर्न नारायणी नदिमा भएको नदिजन्य पदार्थ चोरी निकासी बढे पछी नियन्त्रणका लागि सरोकारवाला निकायमा पत्राचार गरीएको छ।

गण्डक योजना सम्पर्क तथा आर्जन कार्यालयका जनसम्पर्क अधिकृत अमृत खडकाले नदिजन्य पदार्थ चोरि निकासी नियन्त्रण रोक्न विभिन्न कार्यालयलाई पत्राचार गरेका हुन।

पत्रमा लेखेका छन-“नवलपरासी पश्चिमको नारायणी नदिमा गण्डक बराज पुल तल सुस्ता गापा वडा -३ रेवा देखि सोहिगापाको वडा -४ नर्सही र वडा-५ को पक्लिहवा सम्म नदि जन्य तथा बस्तु बाधको नजिकै बाट चोरि निकासी भैरहेको हुदा उक्त कार्य बाट नदीको बाध कमजोर भई बर्सायाममा बाध भत्किन सक्ने खतरा बढी रहेको भन्दै भारतीय पक्षबाट नदि जन्य बस्तुको चोरि निकासीमा रोक लगाउन बारम्बार दबाद दिदै आइरहेको र रातको समयमा दुर्घटना घटी मानवीय जिउधनको क्षति हुन् सक्ने खतरा बढी रहेको भन्दै उलेखित क्षेत्रमा हुने नदि जन्य बस्तुको चोरी निकासीमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal