ट्रेन्डीङ्ग

दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको अध्यक्षमा पुनःदेवि पौडेल

बर्दघाट।दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको २५औं वार्षीक साधारण सभा तथा १०औं अधिवेशनवाट पुनःदेवि पौडेल अध्यक्षमा निर्वाचीत हुनु भएको छ।

संस्थाको दशौ नेतृत्वका लागि अध्यक्ष्ँ देवि पौडेल,उपाध्यक्ष्ँ लक्ष्मी शर्मा र सचिव लक्ष्मी बर्ताैलाले अध्यक्षको दावि गरेपछि सहमतिमा पुग्न नसकेपछि भएको निर्वाचनमा अन्तत्संस्थाको अध्यक्षमा पुनः देवि पौडेल नै निर्वाचीत हुन पुग्नु भएको छ ।

निवार्चनको प्रक्रियामा जाँदा तिनै जनाले उमेदवारी दिएपनि अन्तमा लक्ष्मी बर्ताैलाले आफ्नो उमेदवारी फिर्तालिए पछि अध्यक्षमा देवि पौडेल र लक्ष्मी शर्मा विच भएको निर्वाचनमा पौडेलले ४८मत र शर्माले १३ मत प्राप्त गर्नु भएको थियो ।

उपाध्यक्षमा रजनि वस्नेत निर्विरोध निर्वाचीत हुनु भएको छ भने कोषाध्यक्षमा विष्णु मौरती र शुसिला देवकोटाको उमेदवारी परेपनि शुसिला देवकोटाले आफ्नो उमेदवारी फिर्ता लिएपछि बिष्णु मौरती निर्वाचीतहुनु भएको थियो भने सचिवमा रिना गुरुङ्ग निविरोध निर्वाचीत हुन सफल हुनु भएको छ।

त्यसैगरी सदस्यमा निर्विरोध निर्वाचीत हुनु भएको छ भने लेखा समिति संयोजकमा चन्द्रकला सापकोटा पनि निर्विरोध निर्वाचीत हुनुभएको छ।लेखा समितिको दुई सदस्य पदका लागि दुर्गा थापा,मञ्नु लामिछाने र शान्ति अधिकारीको उमेदवारी परेपछि भएको निर्वाचनमा ५० मत प्राप्तगरी दुर्गा थापा र ४५ मत प्राप्तगरी मञ्जु लामिछाने विजयी हुनु भएको छ।शान्ति अधिकारीले ७ मत प्राप्तगरी पराजित हुन पुग्नु भएको निर्वाचन मण्डलकी सदस्य दर्या दर्लामीले जानकारी दिनु भएको छ।

सोमवार भएको उक्त प्रतिनिधिमुल निर्वाचनमा ६४ मत खसेकोमा १ मत बदर र ६३ मत सदर भएको थियो।

२०५६ सालमा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ताभएर आफ्नो सेवा शुरु गरेको यस सहकारीमा अहिले २ हजार १ सय ५९ जना महिला शेयर सदस्यहरु रहेका छन । भने ७ जना कर्मचारीहरु त्यस संस्थामा कार्यरत रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?