ट्रेन्डीङ्ग

सरावल गाउपालिका आवधिक योजना बनाउदै

परासी।पश्चिम नवलपरासीको  सरावल गाउपालिकाले आवधिक योजना बनाउने कार्य शुरु गरेको छ । गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि आवधिक गाउ विकास योजना तथा मध्यकालिन खर्च तर्जुमा गर्दै योजना बनाउने कार्य प्रारम्भ गरेको हो।

गाउपालिका अन्तर्गत रहेका सबै शाखाका शाखा प्रमुखहरुलाई आवधिक योजना निर्माणका लागि प्रारम्भिक कार्यशाला शुरु गरिएको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आवधिक योजनाले बार्षिक विकास निर्माण योजना बनाउन मार्ग निर्देश गर्ने भएको हुदा पहिला वृहद रुपमा आवधिक योजना बनाउने र त्यसैको आधारमा बर्षेनी विकास योजना बनाई लागु गर्दै लैजाने उनको भनाई थियो ।

यसमा गाउपालिकाका सबै शाखाहरु क्रियाशिल भएर लाग्नु पर्छ, उनले भने, योजना बनाउने बेला अन्यौलतामा योजना तर्जुमा गर्नु भन्दा पहिला गाउपालिकाको विकास सम्बन्धि परिदृष्ट तयार गर्ने र सोही अनुसारको आवधिक योजना निर्माण गर्नु पर्छ । अवाधिक योजना भएमा अन्य दातृनिकायसँग पनि सम्पर्क समन्वय गरेर थप आर्थिक स्रोत जुटाउन सजिलो हुनेमा उनले विश्वास ब्यतm गरेका थिए ।

शाखाहरुले पहिला गाउपालिकाको बस्तु स्थितीको राम्ररी अध्ययन गर्नु पर्छ । अन्य सरोकारवाला तथा विज्ञको सहयोग लिएर परिकल्पना (भिजन) बनाउनु पर्छ । ति भिजनलाई प्रप्तीका लागि लक्ष्य निर्धारण पनि गर्नु पर्छ । लक्ष्य अनुसारको कार्य विवरणलाई समेटेर रणनीतिगत योजनाको आधार तयार पारेर आवधिक योजना बनाउन प्रमुख प्रशासकिय अधिकृत दुर्गा पाैडेलले, शाखाहरुलाई शुझाव दिए ।

सरावल गाउपालिका चुरे पहाड देखी भारत सिमा दशगजासम्म जोडिएको गाउपालिका हो । डुबान प्रभावित गाउपालिका भएको हुदा यि विषय बस्तुलाई पनि ख्याल गरेर आवधिक योजना बनाईने उनको भनाई थियो । त्यसै गरि धार्मिक पर्यटनको हिसाबले पनि सरावल गाउपालिका धार्मिक सम्पदा सम्पन्न गाउपालिका हो । अहिले नवलपरासीको अन्य पालिकाको तुलनामा सरावल गाउपालिका भित्र बुद्ध स्थल र भगवान बुद्धले दिएका सन्देशहरुको प्राचिन नगरहरुको खोज भई घोषणा समेत भएको गाउपालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal