ट्रेन्डीङ्ग

सांसद चौधरीद्धारा नवलपरासीका सरकारी कार्यलय प्रमुखहरु संग छलफल

परासी।संघीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको समृद्ध विकासका लागीे राष्ट्रसेवक कर्मचारीहरु बहस पैरवी अघि बढाउनुभएको छ।पश्चिम नवलपरासीको परासीमा चौधरीले सम्पुर्ण सरकारी कार्यालय प्रमुखहरु बिच छलफल तथा बहस चलाउदै जिल्लामा कार्यान्वयनमा आउने सवै साना ठुला योजना तथा आयोजनाहरुलाई सययमै र पारिदर्शी रुपमा निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

छलफलको क्रममा हाल जिल्लामा पालिकास्तर देखी प्रदेश र संघीय सरकारको लगानी भईरहेका योजना तथा आयोजनाहरुको विस्तृत अवस्था र आगामी दिनमा गर्न सकिने प्रयास वारे बृहद छलफल गरिएको थियो।बहस पैरवी छलफलमा बोल्दै पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ बाट निर्वार्चीत सांसद चौधरीले समृद्ध नवलपरासीको विकासमा आफु राष्ट्र सेवक कर्मचारीहरुको सहयोग र साथबाट अघि बढ्न चाहेको विस्वास व्यक्त गर्नुभयो।

सो क्रममा चौधरीले बिकासका लागी स्थानिय तह,प्रदेश सरकार र संघीय सरकारको सहजीकरणमा हाल जिल्लामा कार्यान्वयनमा रहेका विकास निमार्णका कामलाई तिब्र रुपमा अघि बढाउने विस्वास व्यक्त गर्नुभयो।छलफल कार्यक्रममा जिल्लामा हालसम्म सञ्चालनमा रहेका स्थानिय तहदेखी राष्ट्रिय गौरवको आयोजना विस्तृत अवस्था,समस्या र समाधानको दिर्घकालीन उपाय वारे बहस गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?