

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमूना माध्यामिक विधालमा विधार्थीलाई स्वागत एवं बिदाई कार्यक्रम गरिएको छ।
कार्यक्रममा कक्षा १२ विज्ञान संकायका विधार्थी लक्षमण न्यौपानेको अध्यक्षतामा विधार्थी स्वपिक्षा बराल(१२ व्यवस्थापन संकाय)र आकृति पौड्याल(१२ बिज्ञान संकाय)को संचालनमा भएको कार्यक्रममा अनुप पौडेलले स्वागत मन्तव्य र बिधार्थीको तर्फबाट कक्षा ११ विधार्थी दिलिप थापा,विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्याल,प्राचार्य खेमलाल शर्मा जोसि लगायतले सुभकामना व्यक्त गर्नु भएको थियो।