ट्रेन्डीङ्ग

विप्लव नेकपा दैलेखले २६औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनायो

फाल्गुन १ दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ,दैलेखले २६औं जनयुद्ध दिवस मनाएकाे छ। सयौ जनताहरुकाे उपस्थितिमा ठाँटीकाध गाउँपालिकमा जनयुद्ध दिवस मनाएकाे हाे।

कार्यक्रम ठाटिकाध गापा इज्चार्ज शँकेतकाे अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रकाे प्रमुख आथित्यतामा भएकाे हाे । प्रमुख अतिथि दिपेन्द्रले केपिकाे कथित निर्वाचन र प्रचण्ड माधवकाे सँसद पुनरस्थापनाकाे नारा यथास्थितिवादी नारा भएकाले सम्पूर्ण कान्तिकारी कम्युनिस्ट पार्टी,देशभक्त शक्ति,सच्चा लाेकतान्त्रिक शक्तिहरु मिलेर दलाल सँसदीय व्यवस्थालाई विस्थापित गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर अहिलेकाे शँकट समाधान हुने कुरा वताउनु भयाे । सम्पूर्ण जनतालाई व्यवस्था परिवर्तनकाे सँघर्ष सहयाेग गर्न अनुराेध गर्नुभयाे।

जिल्ला सेक्रेटरी दिप लामा,जिल्ला जनसरकार प्रमुख सघर्ष ,अखिल क्रान्तिकारी दैलेखका अध्यक्ष शुदर्शन,अखिल नेपाल महिला सँघ क्रान्तिकारी दैलेखका अध्यक्ष उषा अतिथि रहनु भएकाे कार्यक्रमकाे सञ्चालन कमरेड शरदले र स्वागत भुगाेलले गर्नु भएकाे थियाे।

कार्यक्रममा ज्वाला सहिद स्मृति साँस्कृतिक परिवारले जनवादी गीत र नृत्य प्रस्तुत गरेकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?