ट्रेन्डीङ्ग

रास्वपा नवलपरासी-२ का उम्मेदवार पौडेलको चुनावी खर्च १ लाख २७ हजार ८ सय ७५

सुनवल।राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासी प्रतिनिधि सभा क्षेत्र नम्बर-२ का उम्मेदवार मदन पौडेल(राज)ले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवार पौडेलले आज एक कार्यक्रमका बिच आफ्नाे चुनाबी खर्च सार्वजनिक गर्दै चुनावी अभियानमा १ लाख २७ हजार ८ सय ७५ रूपैयाँ खर्च भएको बताएका हुन।

सुनवल-५ बनकट्टिको सहिद बिष्णु प्रसाद पान्डे स्मृति प्रतिस्ठानमा सम्पन्न चुनाबी समिक्षा बैठकमा पौडेलले हिजाे शुक्रबार जिल्ला निर्वाचन कार्यलयलाई आफ्नो चुनाबी खर्च बुझाएको बताएका थिए।

पौडेलले छोटो समयमा आफुलाई बिस्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदातालाई धन्यवाद दिदै अगामी दिनमा विभिन्न माध्यमबाट जनताको सेवामा कटिबद्ध भएर लागि पर्ने बताए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति बिनोद कंडेल,उपसभापति सागर पौडेल जिल्ला कमिटी साथै सुनवल नगर सदस्य लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal