ट्रेन्डीङ्ग

जनयुद्धका उपलब्धी माथि प्रतिक्रियावादीबाट हमला भयो -नेतृ खनाल

अनिल नेपाली
अर्घाखाँची फागुन १ ।जनयुद्दको २६ औ बार्षिकउत्सवको अवसरमा नेकपा( प्रचण्ड नेपाल समुह ) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा अर्घाखाँची अस्पतालमा रहेका बिरामीहरुलाइ होर्लेक्स तथा फलफूल बितरण गरिएको छ ।

फलफुल वितरण पछि भएको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्दै नेकपा प्रदेश कमिटि सदस्य तथा महिला नेतृ छमकुमारी खनाल चिनारीले हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान केही प्रतिक्रियाबादी अराजक महत्वकाक्षी तत्वका कारण समाप्त हुने स्थितिमा पुगेकोले यसको रक्षाको लागि सबै लाग्नु पर्ने बताउदै जनयुद्द्को ऐतिहासिक र परिबर्तनको जग भएकोले जनयुद्धको उपलब्धी लाई रक्षा गरि अगाडि बढ्नु पर्ने जोेड दिदै जनयुद्ध शान्तिमा रुपान्तरण हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको भन्दै उनले सोही उपलब्धि माथि भएको प्रहार विरुद्ध एकजुट हुन सबैलाई आग्रह गरिन् कार्यक्रममा मन्तब्य राख्दै युवा नेता प्रेमनारायण गैरेले जनयुद आफैमा परिबर्तनको जग भएकोले ती उपलब्धीलाई सबै मिलेर रक्षा गनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेकपाका प्रदेश सदस्य तथा पुर्व जिविस सभापति पिताम्बर भुसाल , जिल्ला कार्यालय सदस्य राजेन्द्र भुसाल , सरोज भुसाल एकीकृत अखिल नेपाल शिक्षक सगठनका केन्द्रिय उपाध्यक्ष मान ब पाण्डे लगायतका नेताको उपस्थिति रहेको थियो दिबसको उपलक्ष्यमा जिल्ला अस्पतालमा रहेका करिब २० जना विरामीलाई फलफुल वितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?