ट्रेन्डीङ्ग

आफ्नो ईज्जत प्रतिष्ठा जोगाउन चुनावी मैदानमा उत्रिए:त्रीपाठि

परासी।जनता प्रगतिशिल पार्टीका अध्यक्ष पुर्वमन्त्री हृदयेश त्रिपाठीले अर्बपती बिनोद चौधरीले राजनीतिलाइ व्यापारको पेशा बनाउन खोजेको आरोप लगाएका छन।

नेता त्रीपाठीले अर्बपती चौधरी अब आफ्नो ब्यापारको माध्यम राजनीतिलाई बनाउन खोजेकोले प्रत्यक्ष रुपमा चुनाबी मैदानमा उत्रिएको आरोप लगाउनु भयो।नेता त्रीपाठीको प्रतिस्पर्धामा रहेको अर्बपती चौधरी यो देशको सबै भन्दा धनाढ्य ब्यक्ति रहेपनी कर तिर्नेमा २९ नम्बरमा पर्छन,के उनी कर छली गर्छन?कि भनेर प्रश्न पनि गर्नु भयो।नवलपरासी निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेता त्रिपाठी जिल्लाको प्रतापपुर ७ सुर्यपुरामा आयोजित कोणसभा सम्बोधन गर्दै यस्तो सागिन आरोप लगाउनु भयो।

चुनाबी घरदैलोमा ब्यस्त रहेका नेता त्रीपाठी आफनो ईज्जत प्रतिष्ठा जोगाउन यस चुनावी मैदानमा उत्रिएको बताउनु भयो।नेता त्रिपाठीले भन्नु भयो,यदि म चुनाव नलडेको भए यहाँका जनताले त्रिपाठी अर्बपति बिनोद चौधरीको पैसामा विक्यो वा त्रसेर मैदान छोडयो भन्ने आरोप लाग्थ्यो तर म आफुँ त्यस कलंकबाट जोगिन चौधरीको चुनौती स्वीकार गरेको जिकिर गर्नु भयो।

कोणसभामा उक्त निर्वाचन क्षेत्रको ख मा प्रदेश सभा सदस्य पदका उम्मेदवार दिपकराज शर्मा,एमाले जिल्ला सचीव धिरज शर्मा,जनता प्रगतिशिल पार्टीका जिल्ला संयोजक राधेरमण पान्डे,पार्टीको नेतृ अन्जु चौधरी लगायत विभिन्न नेता कार्यकर्ताहरुले आ-आफना विचार व्यक्त गरेका थिए।

जिल्लाको उक्त निर्वाचन क्षेत्रमा जनता प्रगतिशिल पार्टी र नेकपा एमालेको चुनावी तालमेल छ भने कांग्रेसको सत्तापक्ष ५ दलिय गठबन्धन छ।जप्रपा र एमालेका साझा उम्मेदवार नेता त्रिपाठी यस पटक नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्बपति चौधरी आमने सामने भएका छन।यस क्षेत्रमा अर्बपति चौधरी र नेता त्रिपाठी बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

नेता त्रिपाठी गत निर्वाचनमा एमालेको सुर्य चुनाव चिन्ह लिएर सोही क्षेत्रबाट चुनाव जितेका थिए भने यस पटक आफनो पार्टीको चुनाव चिन्ह लिई मैदानमा उत्रिएको र उनलाई एमालेको समर्थन रहेको छ । नेता त्रिपाठी यतिबेला आफनो एजेण्डा लिएर मतदाताको दैलोमा पुगी रहेका छन् भने ठाउँठाउँमा कोणसभाहरु गरिरहेका छन् । त्रिपाठीको पक्षमा कार्यकर्ताहरुको उत्साह बढदै गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal