ट्रेन्डीङ्ग

अञ्‍जनको गोलले नेपाललाई जित

काठमाडौँ।बुधबार काठमाडौँस्थित दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ।नेपाली टीमका स्ट्राइकर अञ्जन विष्टको निर्णायक गोलमा नेपालले पाकिस्तानमाथि १-० को जित हात पारेको हो।

८३औं मिनेटमा अञ्जनले सुनिल बलको पासमा गरेको गोलले नेपाललाई जित दिलाएको हो। पहिलो हाफमा दुवै टीमले गोलको अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा सकिएको थियो।

असोज ११ मा दशरथ रंगशालामा सम्पन्न बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जनको ह्याट्रिकमा नेपालले ३-१ को जित निकालेको थियो।

नेपाली पुरुष फुटबल टोलीले दशरथ रंगशालामा खेलेको यो ५० औं अन्तर्राष्ट्रिय खेल हो।पाकिस्तान यसै खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको थियो।

अञ्जन हरी खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानसँग बराबरी गर्न मात्र २ गोलले पछि छन्।राष्ट्रिय टोलीका लागि अञ्‍जनको यो ११ औं गोल हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal