मेरो पक्षमा जनमत देखिएको छ चुनावी जित्नेमा बिश्वत छु:राप्रपा उम्मेदवार प्रधान

English English Nepali Nepali

परासी।राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त गठबन्धनबाट पश्चिम नवलपरासी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ध्रुव बहादुर प्रधानले चुनावी जित्नेमा विस्वत रहेको बताउनु भएको छ।प्रधानले घरदैलो कार्यक्रममा संचारकर्मि संग कुरा गर्दै जनताले यो चुनावमा आफुलाई जिताए पठाउने बिश्वास व्यक्त गर्नु भएको हो।

‘मेरो पक्षमा राम्रै जनमत देखिएको छ,त्यस कारण चुनाव जित्नेमा विश्वस्त छु’राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका प्रधानले भन्नुभयो।निरन्तर जनसेवामै क्रियाशील रहेका कारण मतदाताको माया पाएको र जित्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो।

यसअघि तीन पटकसम्म जितेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले यसक्षेत्रमा केही काम गर्न नसक्दा जनता निराश रहेकोले यहाँका जनताले नयाँ अनुहार खोजेको प्रधानले बताउनुभयो।

क्षेत्र नम्बर २ मा इमान्दार र योग्य उम्मेदवारको छवि बनाउनुभएकोले प्रधानको जित निश्चित जस्तै रहेको राप्रपाको दाबी छ।नेपाल प्रहरीको पूर्व आईजिपी समेत रहनु भएका प्रधानले यशक्षेत्रमा सामाजिक क्षेत्रमा पनि उच्च योगदान गर्दै आउनु भएको छ।

जनताको सेवालाई सर्वोपरि मानेर समाजसेवा गरिरहनु भएका प्रधान जनतामाझ लोकप्रिय हुनुहुन्छ।

चुनावको मिति नजिकिएसँगै चुनावी नतिजाबारे विभिन्न अड्कलबाजी हुने गरेको छ।प्रधान सग कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्र राज कण्डेल र एमाले नवलपरासी जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी बिच त्रीपक्षिय रोचक प्रतिस्पर्धा हुने चर्चा चलेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?