ट्रेन्डीङ्ग

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड भोलि नवलपरासी आउदै

परासी।प्रधानमन्त्री एवम नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि नवलपरासी पश्चिम आउनुहुने भएको छ।

नेपाली काङ्ग्रेस नवलपरासी पश्चिम क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

आमसभा बर्दघाटको चौपता खेल मैदानमा आयोजना हुने काङ्ग्रेसका क्षेत्रीय सभापति मुकुल कुमार आचार्यले जानकारी दिनुभयो।

यस निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका नेता एवं अर्वपति विनोद चौधरी गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ।त्यस्तै प्रदेशसभामा गठबंधनबाट बिश्वप्रेम पाठक उम्मेदवार हुनुहुन्छ।

दुई दिनअघि मात्रै माओवादी केन्द्रले यसक्षेत्रबाट नेपाली काङ्ग्रेसका नेता विनोद चौधरीनै गठबन्धन्का साझा उम्मेदवार रहेको स्पष्ट पारेको पृष्ठभुमिमा गठबन्धनले आमसभा आयोजना गरेर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्बोधनका लागि आमन्त्रण गरेको छ।

उहाँहरूको आगमनले गठबन्धन थप बलियो हुने बिश्वास लिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?