ट्रेन्डीङ्ग

दाउन्नेदेवी क्याम्पसमा बित्तीय साक्षरता सम्पन्न

बर्दघाट।बर्दघाट ४ मा रहेको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा आज एक दिने बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै क्याम्पस व्यस्थापन समितीका अध्यक्ष बिश्वप्रेम पाठकले बित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीमा व्यावहारिक ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ने बताउनु भयो।

विद्यार्थी जिवनमा सामाजिक,आर्थिक र राजनीतिक ज्ञान हासिल गर्नुपर्ने बताउदै उहाले बित्तिय साक्षरता कार्यक्रमले आर्थिक रूपमा राम्रो ज्ञान दिने बताउनु भयो।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख नरेश खनालले क्याम्पसले विद्यार्थीहरुलाई बित्तीय साक्षरता मार्फत व्यवहारिक शिक्षामा जोड दिएको बताउनु भयो।

किताबि ज्ञानका साथ साथै बिद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्नका लागी क्याम्पसले बित्तीय साक्षरता कार्यक्रममार्फत डिजिटल बैकिङ्गसङ्ग सम्बन्धि रहेर कार्यक्रम गरिएको बताउनु भयो।

कार्यक्रममा सिद्धार्थ बैक बर्दघाटका शाखा प्रमुख कमल पौडेल र कर्जा बिभाग प्रमुख युवराज खत्रीले सहजीकरण गर्नु भएको थियो।

कार्यक्रममा स्नातक तह अध्ययनरत करिब २ सय विद्यार्थीको सहभागी रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?