
बर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले चुनाव लगत्तै भुहिनले जगा पाउने दावी गरेका छन।जनता अब सचेत भैसकेका छन हाम्रो प्रतिबद्धताले जनतालाई धोका दिनै सक्दैन उनले भने।
कसैले माटोकै कसम खाएर यो ठगिएको पृष्ठभुमिलाई अब फेरी झुक्याउन नसक्ने बताए।२५ बर्ष सम्म त्रिपाठिले झुक्क्याए अब हामिले झुक्क्याउनै सक्दैनौ झुक्याउनु छैन हामी सग सबैलाई समेट्ने भिजन छ उनले भने।
बर्दघाट १६ को चुनावी अभियानमा सम्बोधन गर्दै उमेदवार चौधरीले यहाको जनतालाई बर्षौ सम्म ठग्ने प्रवित प्रती खेद ब्यक्त गरे।यो माटोको माया छ भनेर जनता भुलाउनेहरुले माटो प्रती नै गद्दार गरीरहे अब फेरि पुरानै उधारो बोली लिएर फर्किएको उनले उल्लेख गरे।
चौधरीले नया योजना सगै स्थानिय तहले सुचारु गरेका बिकास निर्माणका योजनालाई पुर्णता दिईने बताए।
कार्यक्रममा बोल्दै तरुणदलका सभापति सुक गुरुङले नेता त्रिपाठिलाई आमने सामने भएर यो क्षेत्रमा गरेका कामको फेरीहस्त सुनाउन चुनौती दिए।