रामग्राम सगरमाथा एकेडेमीद्वारा वृहद सरसफाई अभियान

English English Nepali Nepali

परासी।रामग्राम सगरमाथा एकेडेमी परासीले रामग्राम नगरपालिकको वृहद सरसफाई अभियानलाई साथ दिदै आज रामग्राम-६ पोखरापालीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

सगरमाथा एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी कृष अग्रहरीले किताबी ज्ञानका साथै समाज सुधारका लागि विद्यालयले अतिरिक्त कृयाकलापमा संलग्न गराउनु पर्ने बताएका छन।उनले यस्ता सामाजिक दायित्व अन्तर्गतका बिबिध कार्यक्रम गर्न सके आत्मविश्वास बढ्ने र भविष्यमा सामाज सुधारकको अभियान्ता हुने बताए।
रामग्राम नगरपालिकाले पनि सरसफाई अभियान परासीमा संचालन गरेको र अव यस्ता सामाजिक अभियान वडा-वडा सञ्चालन गर्न नगरवासीहरुलाई समेत अनुरोध गरेका छन।सरसफाई कार्यक्रममा सहभागी अर्का विद्यार्थी रिया सहानीले गाउँघरमा सरसफाइमा ध्यान कम पुर्याउने गरेको र आफ्नो घर अगाडिको फोहरलाई नउठाउने र नगरपालिकाको काम हो भन्ने अभिभावकलाई टिम बनाएर पोखरापाली सम्झाएको समेत बताइन्।यस्तो अभियानलाई हरेक हप्ता रामग्राम नगरपालिकाका सबै वडामा सञ्चालन गर्न सके जनतामा सरसफाई सम्बन्धी चेतना पनि बढ्दै जाने र रामग्राम नगरपालिका पुर्णरूपमा स्वच्छ हुने बताइन्।

सगरमाथा एकेडेमीका प्रधानाध्यापक अविनाश रेग्मीले विद्यालयले समाजमा विभिन्न सामाजिक कामहरु गर्दै आएको र गाउँघरमा सरसफाइमा ध्यान पुर्याउन सके विभिन्न रोगहरुबाट समाजलाई जोगाउन सकिने बताए।
बिद्यार्थीहरुलाई किताबको ज्ञानको साथ साथै यसरी समाजमै उतारेर क्रियाक्लापहरू गर्न सके विद्यार्थीहरूको सामाजिक कार्य प्रतिको चासो पनि बढ्दै जाने बताए।उनले विभिन्न सामाजिक कामहरु अन्तर्गत नगरपालिकाको अभियानमा पनि हातेमालो गर्दै आएको र यसै अन्तर्गत बृहत सरसफाई कार्यक्रम गरेको बताएका छन्।सरसफाईका निम्ति जनप्रतिनिधिलाई कुर्नै पर्दैन,सरकार भनेकै आम नागरिक हो भन्ने कुराको आभाष सबैलाई हुनुपर्छ।

रामग्राम-६ लाई सफा एवं स्वच्छ क्षेत्र बनाउन हामी प्रतिबद्ध भएर बृहत सरसफाई अन्तर्गत सरसफाई कार्यक्रम गरिएको रेग्मीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?