ट्रेन्डीङ्ग

बुद्ध शक्ति खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका प्रथम खेलाडीहरुलाई सम्मान

सुनवल।नवलपरासीको सुनवलमा प्रथम बुद्ध शक्ति,खुला अन्तराष्ट्रिय कराते प्रतियोगिता २०२२ मा प्रथम हुन सफल खेलाडिहरुलाई सम्मान गरीएको छ।

सितिरियो कराते संघका अध्यक्ष गोपि पुनको अध्यक्षता र नवलपरासी खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यको प्रमुख आतित्थ्यतामा खेलाडिहरुलाई सम्मान गरीएको हो।

खेलाडिहरुमा गोल्डमेडल पाउनेमा प्राप्ति शाहि,शनिष ठाकुर,सन्चित कर्माचार्य,खुसि मगर,अनिषा मुसोहार,कृषा पौडेल,प्रविन रेग्मि निखिल गुरुङ्ग,सुप्रिया थापा,प्रश्वि गुरुङ्ग रहनुभएको छ।

त्यसैगरी सिल्बर पाउनेमा सुिप्रया थापा,आराज आर्यान श्रेष्ठ,प्रश्वि गुरुङ्ग,आयूष कुवर,दिया गुरुङ्ग शाहि, सम्पदा केसि रहनुभएको छ भने ब्रोन्ज पाउनेमा प्रश्वि गुरुङ्ग,श्रेया थापा,अंशु नेपाली,सुप्रिया थापा, प्राप्ति शाहि,इच्छा कर्माचाय,सागर राना लगायत रहनुभएको छ।

प्रदिप अर्यालको संचालन र कराते महासंघकी प्रशिक्षक कमला रानाको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा कराते महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिराम पौडेल,वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा,वडा नम्बर ४ का वडा अध्यक्ष वालकृष्ण पंगेनी,कार्यपालीका सदस्य जुठिमाया पुन,खेलकुद विकास समितीका जिल्ला सदस्य टेक बहादुर पुन,वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष विर बहादुर गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो।कपिलवस्तुमा नेपाल भारत भुटान त्रीदेशिय कराते प्रतियोगिताका प्रथम खेलाडीलाई सम्मान गरीएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal