ट्रेन्डीङ्ग

प्रतापपुरमा सिजी पोलिटेक्निक स्थापना

बर्दघाट।युवाहरुलाई उद्यमी र स्वरोजगार बनाउन चौधरी फाउण्डेशनले स्वरोजगार युवा अभियान संञ्चालन गरेको छ।बुधवार एक कार्यक्रमको आयोजना गर्दे फाउण्डेशनले यो अभियान पश्चिम नवलपरासीको प्रतापपुर वडा नम्बर ७ सूर्यपुरामा सुरु गरेको छ।

 

चौधरी फाउण्डेशन र सिजी पोलिटेक्निकको आयोजनामा सुरु भएको अभियानले युवाहरुलाई सिप प्रदान गर्ने र उनीहरुलाई स्वरोजगार बनाउनु मुख्य उद्देश्य रहेको सिजी पोलिटेकका अध्यक्ष निर्वाण चौधरीले बताए।

 

 

कार्यक्रम उद्घान गर्दे चौधरीले अब नवलपरासी क्षेत्रका युवाहरुलाई सिप प्रदान गरेर उनिहरुमा सिप विकास गर्ने बताउनुभयो।

 

 

‘कयौँ युवाहरु विदेश जान्छन,सिप अभावले समस्यामा परेका हुन्छ।यस्ता युवाहरुलाई देशमै सिपको विकास गराएर देशमै रोजगारको व्यवस्था मिलाउने अभियानमा छौ’अध्यक्ष चौधरीले भने।

 

 

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले नेपालमा सबै भन्दा बढि बैदेशिक रोजगारमा जाने प्रदेश मध्ये लुम्बिनी प्रदेश रहेको र त्यसमा पनि नवलपरासी क्षेत्र रहेको हुदा यो समस्या अन्त्य गर्न पनि युवाहरु सरल तरिकाले तालिम प्रदान गर्न नवलपरासीमा शाखा संञ्चलनमा ल्याएको बताए।

 

 

तालिम केन्द्रमा युवाहरुलाई विशेष गरि प्राविधिक क्षेत्र अन्तरर्गतका सिपहरु प्रदान गरिने सिजी पोलिटेकका प्रिन्सीपल शिवहरी ढकालले जानकारी दिए।उनका अनुसार नवलपरासीमा युवाहरुलाई सीप सिकाई आत्म निर्भर बनाउनु,मेकानिकल पिटर,इन्डष्ट्रियल,इलेक्ट्रिसियन कार्यक्रम संञ्चालन गर्ने विदेश जाने युवाहरुलाई देशमै स्वरोजगार बनाउने जानकारी गराए।

 

 

प्रिन्सीपल ढकालका अनुसार सिजी पोलिटेक्निकले यस अघि नवलपुरको कावासोती र मध्यविन्दु नगरपालिकाका स्थानिय २५ जना युवाहरुलाई प्लम्बीङ तालिम,मध्यविन्दु नगरपालिकाका ३५ जना स्थानिय महिलाहरुलाई बेकरी तालिम समेत प्रदान गरेको बताए।

 

 

नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ मा २०६६ सालबाट सुरु गरेको सिजी पोलिटेक्नीकले युवाहरुलाई प्राविधिक तालिम प्रदान गरि उद्योगमै रोजगारको वातावरण सृजना गरेको छ।

 

 

देवचुली नगरपालिका वडा नम्बर २ मा स्थापना देखि हालसम्म तीन हजार बढिलाई तालिम प्रदान गरेको र अब भने सिजीले यसलाई निरन्तरता प्रदान गर्न शाखा कार्यलयका रुपमा प्रतापपुर ७ मा संञ्चालन गरेकोे जनाइएको छ।

 

 

६ महिनासम्म तालिम संञ्चालन हुने र तालिममा सहभागिहरुलाई प्रमाण पत्रसंगै उत्कृष्टलाई रोजगार समेत प्रदान गर्ने पोलिटेक्निकले जनाएको छ।आफ्नो शाखालाई प्रतापपुरमा विस्तार गरे संगै त्यहाँका स्थानिय उत्साहित बनेका छन।स्थानिय राजेश कोहारका अनुसार आफुहरु वेरोजगार रहेको अवस्थामा सिजी पोलिटेकले ल्याएको सीप विकास तथा आत्मनिर्भर कार्यक्रमले आफुहरुमा परिवर्तन ल्याउने विश्वास लिएको बताए।उनले विदेश जाने युवाहरुलाई सिप प्रदान गरि देशमै सिप सिकाइ रोजगार प्रदान गर्न सके देश विकासमा युवाहरुको चासो समेत हुने बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?