ट्रेन्डीङ्ग

रुपन्देही २ का उम्मेदवार भुसालको उम्मेदवारी खारेज

काठमाडौँ।रुपन्देही-२ का प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका डा.कमल भुसालको उम्मेदवारी खारेज भएको छ।

सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि भुसालको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्ने निर्णय गरेको थियो।

भुसालले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका उम्मेदवार भुसालको रिट खारेज गर्दै आयोगको निर्णयलाई सदर गरेको हो।

यसअघि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगसमेतका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। मंगलबार भने उनको रिट नै खारेज गर्दै आयोगको निर्णय सदर गरिदिएको हो।

रुपन्देही २ कै अर्का उम्मेदवार राजु गुरुङको पनि उम्मेदवारी खारेज भइसकेको छ। त्यहाँ नेकपा एमालेका विष्णु पौडेल सबैभन्दा बलियो उम्मेदवार छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?