
परासी।सशस्त्र प्रहरी बल २६ नम्वर गण पश्चिम नवलपरासीले भन्सार छलेर ल्याउँदैं गरेको ४२ हजार केजि बरामद गरेको छ।
सशस्त्र प्रहरी बिओपी हरपुरले भन्सार छलेर दुई वटा ट्रकमा ल्याउँदै गरेको चिनी बरामद गरेको हो।सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी)केशवराज थापाका अनुसार जिल्लाको प्रतापपुर गाउँपालिकाको वडा नं २ बाट ना ६ ख २१९७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा बिलभरपाई नभएको अवस्थामा २ हजार १ सय किलो केजी चिनी बरामद गरिएको हो।
त्यस्तै सोही परिमाणमा प्रहरीले रामग्राम वडा नं. ५ स्थित परासी-भैरहवा हुलाकी मार्गबाट लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको अवस्थामा चिनी बरामद गरेको छ।
ट्रकसहित चिनी बरामद गरी आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।