ट्रेन्डीङ्ग

कांग्रेसको नेतृत्वमा बनेको सरकारले विकास निर्माण कार्यलाई अगाडी बढायो:नेका नेता कंण्डेल

सुनवल।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृह राज्यमन्त्रि देवेन्द्रराज केण्डेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले विकास निर्माण कार्यलाई अगाडी वढाएको बताउनुभयो।नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीको आयोजनामा शुभदिपावली छठ लगायत विभिन्न धर्मालम्वीहरुले मनाउने चाडपर्वको अवसरमा शुभकामना तथा जलपान कार्यक्रममा बोल्दै नेता कण्डेलले केन्द्रिय वजेटद्धारा सडक लगायत पुर्वधारको विकासलाई अगाडि वढाएको बताउनुभयो।

त्यस्तै महेशपुर छोटी भन्सारलाई मुल भन्सार वनाउन सफल भएको भन्दै महेशपुर देखि सुनवलसम्म चार लेनको सडक निर्माणको लागी वजेट निकासा भएको र तिहार लगत्तै टेण्डर आवहन हुने बताउनुभयो।

कंण्डेल पश्चिम नवलपरासी क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्धवार समेत हुनुहुन्छ।

त्यस्तै कार्यक्रममा संविधान सभा सदस्य तथा क्षेत्र नम्वर २ (क)का उम्मेद्धवार चिनक कुर्मि निर्वतमान प्रदेश सदस्य तथा क्षेत्र नम्वर २ को(ख)का वैजनाथ जैसवाल,सुनवल नगरपालिकाका पुर्वमेयर भिम वहादुर थापा लगायतले संविधान विरोधी गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा नेपाल टेड्र युनियन कांग्रेसका जिल्ला अध्यक्ष ज्ञानहरी अर्यालले मजदुरहरुको हक अधिकार रक्षाको लागी नेपाल टे्रड युनियन कांग्रेस लागी परेको र अधिकार रक्षाको लागी संसददेखि स्थानिय स्तरसम्म कांग्रेस नेतृत्वको गठवन्धन भारी मतका साथ मंशिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभामा जिताउनु पर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल शिक्षक संघ,ब्युटिसियन संघ, स्वास्थ्यकर्मि संघ,नाई संघ,पशुप्राविधिक संघ,वित्तिय कर्मचारी संघ,यातायात मजदुर संघ,व्यापार सम्वद्ध श्रमिक संघ,कृषि श्रमिक संघ,भन्सार सम्वद्ध श्रमिक संघ,निर्माण तथा सम्वद्ध श्रमिक संघ लगाएतको सहभागिता रहेको कार्यक्रमको संचालन जिल्ला कार्य समिति शिक्षक संघका भोजराज चापागाईले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?