
बर्दघाट।नेकपा एमाले र जनता प्रगतीशिल पार्टी पश्चिम नवलपरासीको निर्वाचन संघिय क्षेत्र नंं १ को चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय बर्दघाट ४ टिसिएन चोकमा उद्घाटन भएको छ।
नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं नवलपरासी क्षेत्र नं. १ का ईन्चार्ज गोपाल सिंह आलेको अध्यक्षता नेकपा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका सह ईन्चार्ज बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा कार्यालय उद्घाटन भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले देश निर्वाचनमा होमिएको अवस्थामा अपवित्र गठबन्धनको सरकारबाट देशमा कुनै परिर्वतनको आशा नभएकोले नेकपा एमाले संगको गठबन्धनका उम्मेद्वारलाई जिताउनुपर्ने बताउनु भयो।उहाँले कार्यकर्तामा कुनै असन्तुष्टी भएमा समिक्षा मार्फत समाधान गर्न सकिने हुदा निर्वाचनमा कुनै आरोप प्रत्यारोप नगरि ईमानदारि पुर्वक पार्टीको निर्देशन अनुसार आफ्ना उम्मेद्वारहरुलाई विजय बनाउन आ-आफ्नो ठाउबाट लाग्न आग्रह गर्नुभएको थियो।
एमाले र जनता प्रगतिशिल पार्टिका संयुक्त गठबन्धनबाट संघिय क्षेत्र न.१ का उम्मेदवार हृदेश त्रिपाठीले अहिलेको अर्थतन्त्र राजनितिक विचौलियाहरुको हातमा बढ्दो क्रममा रहेकोमा दुख ब्यक्त गर्दै त्रिपाठीले प्राप्त गरिएको उपलब्धीलाई बचाईराख्न र यसलाई चुनौती दिन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो।
त्रीपाठिले यो क्षेत्रमा नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेद्वारी दिनु भएका विनोद चौधरीलाई लक्षित गर्दै चौधरी जिल्लाको पाहुना उम्मेद्वार भएको र उहाँबाट यो क्षेत्रको विकास र परिवर्तन कुनै सम्भव नभएको बताउनुभयो।त्रिपाठीले चौधरी राजनिति भन्दा पनि ब्यापारि संस्कारको ब्यक्ति भएकोले आफ्नो ब्यापारीक स्वार्थका लागी यस क्षेत्रबाट उम्मेद्वारी दिएको र उहाँले यस अघि धेरैनै सरकारको अर्थतन्त्रमा असर पर्ने गरि आर्थिक अनियमितता गरेको प्रमाण आफु संग रहेको बताउनभुयो।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सरिता भुषाल खनाल,लुम्बिनी प्रदेश कमिटि सदस्य सिन्धु जलेसा बुढाथोकी,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवं क्षेत्र नं. १ क का उम्मेदवार पुण्य प्रसाद पौडेल,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवं क्षेत्र नं १ ख का उम्मेदवार दिपक राज शर्मा,जनता प्रगतिशिल पार्टिका जिल्ला संयोजक राधेरमण पाण्डे,एमाले जिल्ला कमिटि उपाध्यक्ष डोलराज भण्डारी,जिल्ला कमिटि सचिव धिरज शर्मा बस्याल,युवा संघ नेपालका जिल्ला अध्यक्ष रामबहादुर भण्डारी लगायतले मनतव्य राख्नुभएकोे। कार्यक्रमको सञ्चालन नेकपा एमाले जिल्ला कमिटी सदस्य ईश्वरी घिमिरेले गर्नुभएको थियो।