
भैरहवा।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई.चन्द्रभक्त श्रेष्ठ नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ।
शुक्रबार बिहान नेपाल सरकार माननीय गृहमन्त्री एबम नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र जिल्ला सभापति रामकृष्ण खाणले उहाँलाई पार्टी सदस्यता प्रदान गर्नुभयाे।
उहाँ नेवा खलःसिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुनुहुन्छ।लुम्बिनी विकास काेषमा काम गरेका ई.श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्नुहुन्छ।
उहाँलाई पार्टी प्रवेश गरेलगत्तै नेपाली काङ्ग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरेको जिल्ला सभापति रामकृष्ण खाणले बताउनु भयो।