ट्रेन्डीङ्ग

जनताले पर्यटक उम्मेदवारलाई स्विकार नगर्ने:हृदयेश त्रिपाठी

परासि।जनता प्रगतिशिल पार्टिका अध्यक्ष ह्रदयश त्रिपाठिले निष्ठाको लागी आफु संसदिय चुनावमा होमिएका वताएका छन।

पश्चिम नवलपरासीको परासीमा पत्रकारहरु सँगको कुराकानीमा नेता त्रिपाठीले आफ्नो जिवन राजनितिमा समर्पित गरेको भन्दै धनको शोकले राजनितिमा आउनेहरुले असाधारण दुर्गामि असर पार्ने भन्दै जनताले यस्तो प्रवृतिलाई निरुत्साहित गर्ने बताउनुभयो।

धनाड्य डलर अर्वपति विनोद चौधरीलाई लक्षित गर्दै नेता त्रिपाठीले नवलपरासीका जनताले पर्यटक उम्मेदवारलाई स्विकार नगर्ने बताएका छन।

आफुलाई सहयोग गर्ने भनेर नेकपा एमालेले उम्मेद्धवारी फिर्ता गरेकोमा धन्यवाद दिदै नेता त्रिपाठीले नवलपरासीकै भुमिपुत्र भएको भए आफुले चुनाव नलड्ने बताउदै अन्य राजनितिक दलबाट टिकट नपाएकाहरुको तर्फबाट पनि आफुले उम्मेद्धवारी दिएको त्रिपाठिले बताए।

नवलपरासी वर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यको लागी डलर अर्वपति विनोद चौधरी संग आम्नेसाम्ने छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?