ट्रेन्डीङ्ग

नवलपरासी पश्चिममा प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता

परासि।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता भएको छ।प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

यसैविच पश्चिम नवलपरासीमा मसिंर ४ गते हुने निर्वाचनका लागी वर्दघाट क्षेत्र नम्बर १ र परासी क्षेत्र नम्बर २ गरी २ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उमेद्वारहरुले आफ्नो उमेद्वारी दर्ता गराएका छन।

क्षेत्र नम्बर २ को निर्वाचन केन्द्र मा प्रतिनिधि सभाका लागी नेकपा एमाले बाट पार्टि जिल्ला अध्क्षक्ष दिपेन्द्र अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ। त्यस्तै गठबन्धनका तर्फबाट नेपाली काग्रेंसका केन्द्रिय सदस्य पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कंडेलले मनोनय दर्ता गराउनुभएको छ।त्यस्तै राप्रपाबाट केन्द्रिय उपाध्यक्ष धुर्ववहादुर प्रधानले उम्मेद्धवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै प्रदेस सभा तर्फ क्षेत्र नम्वर २ को क मा गठवन्धनको तर्फबाट नेकपा माओवादीका चिनक कुर्मिको मनोनयन परेको छ भने नेकपा एमालेको तर्फबाट थान प्रसाद गरैको मनोनय परेको छ।त्यस्तै क्षेत्र नम्वर २ को ख मा नेकपा एमाले र जसपाको गठवन्धनका तर्फबाट जसपाका धरेन्द्र यादवको मनोनयन परेको छ भने नेपाली कांग्रेस र नेकपा माओवादीको गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका वैजनाथ जैसवालको मनोनय परेको छ।त्यस्तै लोसपाको तर्फबाट क्षेत्र नम्वर २ को ख बाट नगेन्द्र अग्रहरीको मनोनय परेको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्वर १ बाट गठवन्धनका तर्फबााट नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले मनोनाय दर्ता गराउनुभएको छ भने नेकपा एमालेको तर्फबाट सिन्धु जलेशाले मनोनयन दर्ता गराउनुभएको छ।यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्वर १ क मा गठबन्धनका तर्फबाट विश्वप्रेम पाठक र नेकपा एमालेका तर्फबाट पुण्य प्रसाद पौडेलले मनोनयन दर्ता गर्नुभएको छ।त्यस्तै क्षेत्र नम्वर ख मा गठवन्धका तर्फबाट नेपाली कांग्रेसका सन्तु कलावार र नेकपा एमालेका तर्फबाट दिपक राज पौडेलले मनोनयन दर्ता गराउनुभएको छ।त्यस्तै पश्चिम नवलपरासीको क्षेत्र नम्वर १ र २ मा प्रतिनिधि र प्रदेश सभामा दर्जन भन्दा वढिको उम्मेद्धवारी परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal