ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा सुनवल नगर शिक्षामा तालाबन्दी

सुनवल।नेकपा(बहुमत)निकट विधार्थी संगठन अखिल(क्रान्तिकारी)नवलपरासीद्वारा सुनवल शिक्षा शाखामा तालाबन्दी गरेको छ।

सुनवल स्थिति लुम्बिनी मावीका शिक्षक रुक बहादुर बलालको शैक्षिक प्रमाणपत्रको छानबिनको माग सहित गत २६ गते मागपत्र बुझाएको थियौ उक्त मागलाई बेवास्ता गरिएकोले तालबन्दी गरिएको संगठन केन्द्रिय सदस्य सन्देश सापकोटाले बताए।

अखिल(क्रान्तिकारी)द्वारा जारी विज्ञप्तिमा भनिएको छ”शिक्षक बबालले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि जागिर गरेको त्यसमा संगलन प्राचार्य हुमनाथ सापकोटा र व्यवस्थापन समिति अध्यक्ष गंगा बहादुर गुरुङ साथ दिएको आरोप लागेको विषय नगरपालिका मौन भएको र छानबिनमा वेवास्ता गरेको आरोप लगाएका छन।

हाम्रा मागहरुलाई बेवास्ता गरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको संगठन जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ गत २६ गते बुझाइएको मागलाई वेवास्ता गरिएको बताएको छ।मागप्रति गम्भीर नभएमा थप संघर्षमा उत्रने चेतावनी दिएको छ।

गत २६ गते लुम्बिनी माविका शिक्षकको विभिन्न मिडियामा प्रकाशित समाचारमा भारतीय शैक्षिक लिएर पढाएको विषय छानबिनको माग सहित ज्ञापनपत्र बुझाएको थियो।विज्ञप्ति:२६ गते बुझाएको माग पत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal