
काठमाडौँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र व्यक्तिवाद र स्वच्छाचारिता हावी भएको गुनासो गरेका छन्।आज पार्टीका नेता स्वर्गीय पोष्टबहादुर बोगटीको बोल्दै प्रचण्डले पार्टीको निर्णय नमान्दा पार्टी शक्ति कमजोर हुने अवस्था आएको बताएका हुन्।
उनले भने,‘माओवादी शक्ति कमजोर हुनु भनेको देशमा संघीयता, गणतन्त्र कमजोर हुनु हो।’ उनले केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई संकेत गर्दै माओवादी कमजोर भएकै कारण देश झण्डै दुर्घटनामा गएको बताए।
उनले अबका दिनमा माओवादी कुनै पनि हालतमा वामपन्थी मध्ये पहिलो शक्ति हुनुपर्ने औल्याए। माओवादी कमजोर भए पनि जनताले सत्ताको साँचो माओवादीलाई बुझाएको प्रचण्डको भनाइ थियो।