ट्रेन्डीङ्ग

अनेरास्ववियुद्वारा सहिद नारायण पोखरेल क्याम्पसमा १२ बुदे मागपत्र पेश

सैनामैना।अखिल नेपाल स्वतन्त्रत विद्यार्थी युनियन (अनेरास्ववियुले) सहिद नारायण पोखरेल रामापुर क्याम्पस समक्ष १२ बुदे माग राखेको छ।क्याम्पसमामा देखिएका समस्या,विद्यार्थीका माग र भाैतिक अवस्थिति आदि कुरा सो माग पत्रमा उल्लेख गरिएको अध्यक्ष शिव न्याैपानेले जानकारी दिनुभएको छ।

माग पत्रमा MBA ,BBM र BSW जस्ता प्रभावकारी विषयहरुको सञ्चालनमा तदारुका देखाउन माग गरिएको छ।भने गरिब तथा जेहेन्दार बिद्यार्थीलाई ५० प्रतिशत छुटको माग गरिएको छ।खेल मैदानको सुधार र बास्केटबल कोटको मर्मत संहारका लागि माग गरिएको छ त्यस्तै,क्याम्पसमा रहेको अव्यवस्थित पार्किङलाई तुरुन्त व्यवस्थित गरिनुपर्ने र शाैचालयको नियमित रुपमा सरसफाइ गरिनुपर्ने माग गरेका छन।अतिरिक्त कृ्याकलापसङ्ग सम्बन्धित सामग्रीको प्रयाप्त व्यवस्था गरिनुपर्ने र इ-लाइवेरी,कम्पुटर कक्षा र फ्रि इन्टरनेटको व्यवस्था गर्न माग गरिएको छ।प्रोजेक्टर र कक्षाकोठा रहेका सम्पूर्ण सेतोपाटी तुरुन्त परिवर्तन गरिनुपर्ने,क्याम्पसका सुचना र जानकारीहरु डिजिटल बोर्ड मार्फत सम्प्रेषण गरिनुपर्ने,क्याम्पसमा अतिरिक्त कृयाकलाप,सेयरबजार तालिम,विद्यार्थीको व्यक्तित्व विकासका निमित्त उद्धोषण तालिम प्रत्येक महिना दिइनुपर्ने माग राखेको छ।

त्यस्तै विद्यार्थी तथा शिक्षकलाइ संकाय छुट्टिने गरि पोसाक र परिचयपत्रको व्यवस्था गरिनुपर्ने,क्याम्पस प्रमुखद्वारा प्राध्यापक र विद्यार्थीका गुनासा तथा मागहरु नियमित सुनुवाइ हुनुपर्ने र क्याम्पसमा दैनिक रुपमा हाजिरी अभिलेखिकरण गरिनुपर्ने माग अनेरास्ववियुले उठाइ क्याम्पस प्रमुख यदुलाल पन्थको कार्यकक्षमा गई मागपत्र बुझाएको छ।

सुलभ,गुणस्तरीय र जीवनउपयोगि शिक्षाका लागि अनेरास्ववियु हरदम तयार रहेको बताउदै उक्त मागहरु पन्ध्र दिन भित्र कार्यन्वयनको दिशामा नगए सङ्गठन आन्दोलनमा जाने र उक्त अवस्था र परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन हुने सङ्गठनले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?