ट्रेन्डीङ्ग

फोटो पत्रकार नवलपुरको अध्यक्षमा पुनःनविन पौडेल

कावासोती।फोटो पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पुनःनविन पौडेल निर्वाचित हुनुभएको छ।जिल्लाको कावासोतीमा आइतवार आयोजित विशेष भेलाले आगामी तीन वर्षका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

जसको उपाध्यक्षमा दयाराम आचार्य,महिला उपाध्यक्षमा कल्पना कुवंर,सचिवमा धनु भुसाल,कोषाध्यक्षमा राजु चापागाइ र सहसचविमा मिना कंडेल चयन हुनु भएको छ।त्यसैगरि सदस्यमा चन्दा गुरुङ्ग,प्रकाश भण्डारी,टिकाराम रजाली मगर,टोल बहादुर राना,धनप्रसाद पाण्डे,राजु चापागाई र सुस्मा सुनार रहनु भएको छ।

नवनिर्वाचित अध्यक्ष पौडेलले फोटो पत्रकार महासंघमा क्रमशःसबैलाई समेट्दै जाने बताउनु भयो।उहाँले सबै पत्रकारहरुको अपनत्व हुने गरि अघि बढ्ने बताउनु भयो।जिल्लामा कृयाशिल पत्रकार विभिन्न सघंसस्थामा आबद्ध भएपनि फोटो पत्रकार महासंघले छिट्टै नै प्रविधिलाई जोड्दै तालिम संचालन गर्ने बताउनु भयो।

त्यसैगरि नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले जिल्लामा गठित फोटो पत्रकार महासंघले जिल्लामा रहेर नमुना कार्य गर्नु पर्नै बताउनु भयो।उहाँले फोटो पत्रकारले मर्यादित तवरले फोटो तथा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भयो।कसैको अनुमति विनाको फोटो र व्यक्तिगत आक्षेप लाग्ने खालका फोटो खिचेर सामाजिक संजालमा पोष्ट गर्न नहुने भन्दै नवनिर्वाचित समितिले ध्यान दिन अनुरोध गर्नु भयो।

नेपाल पत्रकार महासंघले पनि फोटो पत्रकार महासंघलाई सदैव हातोमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।फोटो पत्रकार महासंघ नवलपुरका अध्यक्ष नविन पौडेलको अध्यक्षता तथा पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal