ट्रेन्डीङ्ग

रमावापुर माविको अभिभावक भेला सम्पन्न,व्यवस्थापन समितिको अध्यक्षमा पुन:बस्नेत चयन

सुनवल।नवलपरासीको सुनवल-४ रमावपुरमा अवस्थित रमावापुर माविको अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बस्नेतको अध्यक्षता एवं सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले सुनवल नगरपालिकामा शिक्षामा उल्लेखनीय सुधार गरेको बताउदै अबको शिक्षा भनेको प्राविधिक र उत्पादन मुलक हुनुपर्ने उल्लेख गर्नुभयो।

उहाले बालबच्चाको सिकाइमा अभिभावक को भुमिका महत्वपुर्ण रहने बताउदै विद्यालयलाई अभिभावक सगँ समय-समयमा अन्तरक्रिया गर्न आग्रह गर्नुभयो।साथै विधालयका भौतिक र शैक्षिक समस्याहरु समाधान गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिको सहयोग सदैेव रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।त्यसैगरी कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बस्नेतले विधालयको शैक्षिक सुधारका लागि सदैव आफु कटिबद्ध रहेको स्पष्ट पार्नुभएको थियो।साथै उहाँले विद्यालयको भौतिक संरचनाको विकाश र विद्यालयको शैक्षिक गुणस्तरले मात्र समाज र राष्ट्र सुधार आउने बताउदै आफुले यस विधालयलाई सुनवल नगरभित्र मात्र नभई देशकै शैक्षिक नमुना बनाउने लक्ष्य राखिएको बताउनु भएको छ।

यसैबीच शिक्षक अभिभावक संघको भेलाले खडक बस्नेतको अध्यक्षमा ५ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।जसको सदस्यहरुमा शालिकग्राम सापकोटा,तारा बलाल,पुनम विक,लक्ष्मि भट्टराइ गौतम र खेमकुमारी ढेका रहनुभएको छ।भने बाकि सदस्यहरु पछि थप गरीने अध्यक्ष बस्नेतले बताउनुभयो।
सो अवसरमा शिक्षक अभिभावक संघको तर्फबाट अध्यक्ष राजु सुवेदी,सल्लाहकार समिति संयोजक कृष्ण प्रसाद लामिछाने,पुर्व प्रअको तर्फबाट उमाकान्त उपाध्याय,नगर शिक्षा अधिकारी बिष्णु प्रसाद गोतामे,वडा-४ का अध्यक्ष बालकृष्ण पंगेनी,सामुदायिक विधालय व्यवस्थापन समिति महासघ सुनवल नगर अध्यक्ष न्यौपाने लगायतले  शुभकामना मन्तव्य व्यक्त गर्नु व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि शंकरमण्डि पाण्डेय बताउनुभएको छ।
सो अवसरमा विद्यालयका प्राचार्य फान प्रसाद श्रेष्ठले स्वागत सगै विधालयको आर्थिक वर्ष २०७८/०७९ को ४ करोड २५ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।भने कार्यक्रमको संचालन शिक्षक राजकिरण अर्यालले गर्नुभएको थियो।

यस विद्यालयमा हाल बाल सिकाई देखि कक्षा १२ सम्म ९ सय १४ जना विधार्थी अध्ययनरत रहेको छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal