ट्रेन्डीङ्ग

अगामी चैत भित्र नेपाल हिन्दुराष्ट्र हुन्छ-अध्यक्ष पटेल

कपिलवस्तु माघ१९
हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्ताेष पटेलले आगामी चैत्र भित्र नेपाल हिन्दुराष्ट हुने बताउनु भएको छ । हिन्दु धर्म बचाउन हिन्दुहरू एक ठाउमा उभिनु पर्ने पटेलको उदघोष ।

नरसिंह हिन्दु सेना तथा हिन्दु परिषद नेपाल कपिलवस्तुले अयाेजना गरेकाे हिन्दु जनजागरण कार्यक्रममा उहाले यस्तो बताउनु भयो ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने हिन्दु राष्ट्र नेपाल केहि विदेशीहरूकाे चलखेलले गर्दा धर्म निर्पेक्ष भएको बताउनु भयो । उहाले चैत्र भित्र पुनः नेपाल हिन्दु राष्ट्र हुने बताउनु भयो । हिन्दु दाजुभाई अापसमा भेटिदा जय श्रीरामकाे अभिवादन गर्न अग्रह गरेका छन ।

हिन्दु जन जागरण कार्यक्रममा बाेल्दै महाकाल संस्थाका केन्द्रिय अध्यक्ष अभिशेष जाेसिले हिन्दुहरूकाे अस्था तथा हिन्दुत्व माथि कुनै पनि हस्तक्षेप स्विकार नरहेकाे बताउनु भयाे । त्यस्तै नरसिंह हिन्दु सेनाका केन्द्रिय अध्यक्ष विश्णु प्रताप शाहले केहि तत्वहरू अहिले लवजिहाद तिर लागेकाेेेले हिन्दु लडकिहरू धर्म परिवर्तन गरि रहेकाे घटना बढदै गई रहेकाे छ । यसलाई राेक्न हिन्दुहरु जाग्नु पर्ने बताउनु भएकाे छ । कार्यक्रम भुवन मिश्राकाे अध्यक्षता मनिष मिश्राकाे संचालन तथा शुसिल गुप्ताकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे विकास उपाध्याले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal