ट्रेन्डीङ्ग

छत्रकोट एमालेले शुरु गर्याे प्रशिक्षण सहित प्रचारात्मक अभियान

गुल्मी।नेकपा एमाले निकट कार्यकर्ताका लागि प्रचारात्मक प्रशिक्षणकाे प्याकेज बाेकेर नेकपा एमाले छत्रकोट गाउँपालिका कमिटी छ ओटै वडाहरुमा सुरु गरेको छ ।

भदौ १८ गतेबाट श्रृङखला बद्द रुपमा हरेक वडाहरुमाको प्रशिक्षणमा मुख्यतया पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिन र जनताको बहुदलीय जनवाद,समाजवादमा पुग्ने आधार,पार्टीको बर्तमान कार्यनीति आगामी निर्वाचनका विषयमा केन्द्रित रहि प्रशिक्षण कार्यक्रम सन्चालन गरिएकाे सचिव यज्ञ बहादुर पाण्डेले जानकारी दिए।

प्रशिक्षण कार्यक्रममा पार्टीका सँगठित सदस्यहरुकाे व्यापक उपस्थित रहेकाे र अब पार्टी चुनाव केन्द्रित प्रचारात्मक कार्यक्रममा होमिएको पार्टी अध्यक्ष पिताम्बर अर्यालले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal