
काठमाडौँ।प्रेस काउन्सिल नेपालले काउन्सिलले पछिल्लो एक वर्षमा कुनै मिडिया अन्तर्गत आबद्ध नभएका पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी(साइबर ब्युरो)मा सिफारिस गरेको छ।
दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिता बमोजिम कारबाही गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।पछिल्लोपटक आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी(साइबर ब्युरो)लाई सिफारिस गरेको छ ।
सामाजिक सद्भाव बिथोल्ने,जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने Birgorkhali (वीरगोर्खाली) नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी(साइबर ब्युरो)लाई सिफारिस गरेको हो।