ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा विधार्थीको कानको जाली फुट्ने गरि कुटपिट गर्ने शिक्षकलाई कार्वाहीको माग

परासी।नेकपा(बहुमत)निकट अखिल(क्रान्तिकारी)ले विधार्थीको कानको जाली च्यातिने गरि कुटपिट गर्ने शिक्षकलाई कार्वाहीको माग गरेको छ।

अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य सन्देश सापकोटा र नवलपरासी संयोजक सुभाष शर्माको संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गर्दै विधार्थीको कानको जाली च्याटिने गरि कुटपिट गर्ने शिक्षकलाई कार्वाहीको माग गरेका छन।

गत साउन १९ गते हेलेरियस चिल्ड्रेन एकेडेमी बोर्डिङमा अध्यायपन गराउने अस्लम सिद्दिकीले होमवर्क नगरेको र कक्षा कोठामा होहल्ला गरेको निहुमा कक्षा ५ मा अध्ययनरत १२ बर्षिय निखिल कोहारलाई कानको जाली च्यातिने गरि कुटपिट गरेको निखिलका साथीहरू बताए।

विगतमा पटक पटक विधार्थीलाई पिटने,गालि गर्ने,तर्साउने र समयमा परिक्षा फिस नदिएका माथी हात ढुङ्गा राखेर शारीरिक यातना दिने गरेको अभिभावकले बताए।केहि महिना अगाडि विधार्थीलाई कुटपिट गरेर शरिरमा ड्याम् पारि घर पठाउदा उक्त अभिभावकहरु गुनासो लिएर स्कुलमा गएको तर कुनै पनि सुनुवाइ नभएको अभिभावकले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal