ट्रेन्डीङ्ग

दारी ग्याङ्ग नवलपरासीद्वारा भुमही शहीद स्मृति प्रवेशद्वारमा राखियो नयाँ राष्ट्रिय झण्डा

भुमहि।पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका भुमही चोकमा राष्ट्रिय झण्डा राखिएको छ।राष्ट्रिय झण्डा पुरानो र समयमै नफेर्दा च्यातिएको अवस्थामा रहेकोले झण्डा सामाजिक सेवामूलक सक्रिय युवाको संगठन दारी ग्याङ्ग नवलपरासीले नयाँ झण्डा राखेका हुन।

चोकमै राष्ट्रिय झण्डा च्यातिएको देखेपछि राष्ट्रको सान झण्डा फेर्नुपर्ने युवाहरुको छलफल भएर झण्डा प्रतिस्थापन गरिएको दारी ग्याङका सदस्य इस्वर पाठकले जानकारी दिए।दारी ग्याङ नवलपरासीका कार्यवाहक अध्यक्ष प्रदिप अर्यालको अध्यक्षतामा ४१ औं औपचारिक नियमित मासिक बैठक सङै आगामी योजनाहरुका बारेमा छलफल गरि सुनवल १२ भुमहि चोक स्थित रहेको शहिद स्मृति प्रवेशद्वारको नेपालको झणडा पुरानो भएको हुनाले झण्डा राखिएको हो।

दारी ग्याङ्ग पछिल्लो समय जिल्लामा विभिन्न सामाजिक सेवा मुलक कार्यक्रममा सक्रिय रहदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal