ट्रेन्डीङ्ग

विप्लव लगायत नेतालाई पक्राउ पुर्जी काटेपछी भदौ ७ गते नेपाल बन्दको घोषणा

काठमाडौ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव लगायतका नेतालाई पक्राउ पुर्जी काटेको भन्दै आगामी भदौ ७ गते नेकपा सहितका ४ दलले नेपाल बन्दको घोषणा गरेको छ्न।

नेकपा सहित चार कम्युनिस्ट पार्टीको बैठक नेपाल बन्द सहित सर्घषका कार्यक्रम संयुक्त विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन।

संयुक्त विज्ञप्तिमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्ट्रघाती एम.सीसी. सझौता,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन,नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी,महङ्गी र भ्रष्टाचारको विरुद्ध सरकारले गरेको गैरजिम्मेवार तरिकाले प्रतिक्रिया विहीन भएर बसेको आरोप लगाएको छ।

सरकारले यथासिघ्र एम. सि सि. र एस.पि.पि.पक्राउ पुर्जी र झुट्टा मुद्दाको खारेजी, संपूर्ण बन्दी कमरेडहरूको रिहाई र आकासिदों महङ्गी नियन्त्रण गर्न माग गरेको छ।

नेकपा महासचिव विप्लव,नेकपा अध्यक्ष ॠषी कट्टेल,बैज्ञानिक समाजवादीका महासचिव आहुती,नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गरिएको छ ।

कार्यक्रमहरु भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने,भाद्र ४ गते देशव्यापी विरोधसभा,काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीत विरोधसभा,भाद्र ६ गते देशव्यवपी मशाल जुलुस, भाद्र ७ गते नेपाल बन्द आयोजना गरेको छ ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?