ट्रेन्डीङ्ग

गुल्मी:ट्रक दुर्घटनामा चालकको मृत्यु

गुल्मी।गुल्मीमा ट्रक दुर्घटना भएको छ।रेसुङ्गा नगरपालिका-१० सिमिचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक सिमिचौरको क्राबेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि सवारी चालक गुल्मी दरबार गाउँपालिकाका ३५ वर्षीय रन बहादुर ढेगाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal