ट्रेन्डीङ्ग

महाकवि देवकोटामा कक्षा ११ मा भर्नाको लागि विधार्थीहरुको घुइँचो

सुनवल।पश्चिम नवलपरासीकै उत्कृष्ट र अग्रणी बिधालय महाकवि देवकोटा नमुना माध्यामिक विधालयमा कक्षा ११ मा भर्नाको लागि बिद्यार्थीहरुको चाप बढेको छ।खासगरि विज्ञान,ब्यवस्थापन,कानुन र शिक्षा संकायमा बिद्यार्थीहरु भर्ना भैरहेको बिधालयले जनाएको छ।

देशका विभिन्न शहरहरुमा बिज्ञान पढ्न महङ्गो र टाढा जानू पर्ने बाध्यता अन्त्य भएको बिज्ञान विषय संयोजक बिष्णु काफ्लेले बताउनु भयो।जिल्लाका सबै पालिका र छिमेकी जिल्लालाई समेत मध्यनजर गर्दै प्रयोगात्मक कार्यको लागि उच्च स्तरको ल्याब सहित बिज्ञान विषयको पठनपाठनलाई जोड दिएको संयोज काफ्लेको भनाई छ।त्यस्तै बिज्ञान सगसगै ब्यवस्थापन कानुन,शिक्षा र मानबिकीमा बिद्यार्थीहरुको उत्तिकै चाप रहेको बिधालयका सहायक प्रअ रुकमागत बस्यालले बताउनुभयो ।

कक्षा ११ र १२ मा बिज्ञान,ब्यवस्थापन,कानुन,शिक्षा र मानबिकी अन्तरगतका विषयहरु पठनपाठन हुने बिधालयमा अनुभवी,दक्ष शिक्षकहरुबाट पठनपाठन हुने बिधालय प्रअ खेमलाल जोसि शर्माले जानकारी दिनुभयो।

विषय अनुसार आवश्यक उच्चस्तरीय ल्याबहरु रहेको र भौतिक र व्यवस्थापकिय पक्षहरु समयको माग अनुसार सम्बोधन गरेको ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले बताउनु भयो।बिधालय प्रदेशबाट समेत उत्कृष्ट नमूना बिधालयका रुपमा छ्नोट भैइसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal