ट्रेन्डीङ्ग

नेकपा(बहुमत)र क्रान्तिकारी माओवादीबीच एकता हुँदै

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला‘कन्चन’ सहितको वार्ता टोलीकाे संयुक्त बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो।

आज बसेको बैठकमा ब्यापक छलफलपछि पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरेको जनाएको छ।

संयुक्त रुपमा वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत यस प्रक्रियामा सामेल हुन आवह्रान गरेको छ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?