ट्रेन्डीङ्ग

साफ यु २०:नेपाली टिम आज फर्कने

काठमाडौँ।यु-२० साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी युवा टोली आज (बिहीबार) स्वदेश फर्कदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टिम आज अपराह्न ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो। प्रतियोगिताको उपाधि लागि बंगलादेश र साबिक विजेता भारत भिड्नेछन्।भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ।

प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो। यस्तै, भारतसंग ८-० ले हार्दा बंगलादेशसंग १-१ को बराबरी खेलेको थियो। प्रतियोगितामा शीर्ष स्थानको बंगलादेशको १० अंक,दोस्रो स्थानको भारतको ९ अंक र तेस्रो स्थानको नेपालको ७ अंक रह्यो।यस्तै,माल्दिभ्स र श्रीलंका समान एक अंक रह्यो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal