ट्रेन्डीङ्ग

बुद्ध स्कुलद्वारा एस.ई.ई उत्तीर्ण विद्यार्थीलाई सम्मान

सैनामैना।उत्कृष्ट शैक्षिक उन्नयनका रुपमा चिनिने बुद्ध इङलिस स्कुलले एस.ई.ई.२०७९ को परीक्षामा उत्तिर्ण विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको छ।सैनामैना ७ देवपारमा अवस्थित विद्यालयले सफलता हासिल गरेका आफ्ना सम्पूर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो।

एस.ई.ई.परीक्षा २०७९ मा सामेल भएका सम्पुर्ण विद्यार्थी राम्रो अङ्कका साथ उत्तीर्ण भएको विद्यालय परिवारले बताए । सो कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि खेमराज पोखरेलले आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याएर पास हुनका लागी हौसला प्रदान गर्दै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा आफ्ना धारणा राख्दै व्यवस्थापन समिति सदस्य प्रेमसागर शर्माले अबका दिनमा बिषय छनोट गर्दा बिशेष ध्यान पुर्याउन आग्रह गर्दै बधाई तथा शुभकामना दिए।

त्यस्तै विद्यालयका प्राचार्य लेखनाथ गैरेले विद्यार्थीको वास्तविक जीवन अब सुरु भएको बताउदै धेरै कोणबाट बिचार पुर्याएर मात्र निर्णय लिनुपर्ने कुरा राखेका थिए।विद्यार्थीको सर्वपक्षीय विकासमा विद्यालय परिवार सदासर्वदा तयार रहने समेत बताए।

सह-प्राचार्य शुकदेव ज्ञवालीले यस वर्ष उत्तीर्ण सम्पुर्ण विद्यार्थीहरुले बुद्ध स्कुलको स्थापित नामलाइ बाहिर गएर अझ माथि पुर्‍याउने बिस्वास लिएका थिए।

कार्यक्रम प्राचार्य लेखनाथ गैरेको अध्यक्षता,व्यवस्थापन समिति अध्यक्ष खेमराज पोखरेलको प्रमुख आतिथ्यता एवम् सह प्राचार्य शुकदेव ज्ञवालीको स्वागत् र शिक्षक संयोजक ओमप्रकाश अर्यालको सञ्चालनमा सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal