ट्रेन्डीङ्ग

भ्रष्टचार गर्न नदिने पालिकाहरुको प्रतिवद्धता

सुनवल । पश्चिम नवलपरासीका सवै पालिकाहरुले भ्रष्टचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

भ्रष्टचार विरुद्ध नागरिक निगरानी संस्था पश्चिम नवलपरासी द्धारा आयोजीत परिचयात्मक तथा सेवा प्रवाह सम्वन्धि अन्तरकृया कार्यक्रममा बोल्दै भ्रष्टचार विरुद्ध आफुहरु कटिवद्ध भएको बताएका हुन् । त्यसका लागी भ्रष्टचार विरुद्ध नागरिक निगरानी संस्थालाई पुर्ण रुपमा साथ र सहयोग गर्ने पालिकाहरुले बताएका छन् ।

अन्तरकृया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बुटवलका शाखा अधिकृत बावुराम पौडेलले नवलपरपासी जिल्लाबाट अख्तियारमा परेका उजुरीहरुको वारेमा जानकारी गराउनुभएको थियो ।

जिल्लाबाट अख्तियार अनुसन्धान कार्यालय बुटवलमा १ सय २७ वटा उजुरी परेकोमध्ये १ सय १२ वटा टुङगिएको र १५ वटा उजुरीहरुको अनुसन्धान भैरहेको पौडेलले बाताउनुभयो । त्यस्तै अन्तरकृयामा कार्यक्रममा सहभागिहरुले भ्रष्टचार विरुद्ध वोल्नेहरुको सुरक्षाको ग्यारेन्टि नभएकौ कारण भ्रष्टचार दिन प्रतिदिन मौलाउदै गएको बताएका छन् ।

निति विधिमा रहेर कार्य गरे कुनै पनि पालिकाहरु र संघ संस्थाहरुमा भ्रष्टचार नहुने सहभागिहरुको धारण थियो । कार्यक्रममा जिल्ला समयन्वय समिति, सातवटै पालिका प्रमुख तथा उपप्रमुख , प्रशासकिय अधिकृतहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुहरु, जिल्ला स्थित सुरक्षा निकायहरु र विभिनन संघ संस्थाकोहरुको उपस्थति रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्व समितिका प्रमुख भगौति यादव, सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्याल, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, वर्दघाट नगरपालिकाका उप प्रमुख रुद्र प्रसाद उपाध्याय, प्रतापपुर गाँउपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरी लगाएतले भ्रष्टचार विरुद्ध नागरिक निगरानी संस्थाको स्थापना वर्तमान समयको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा नागरिक निगरानी संस्थाका अध्यक्ष कैलाश ठाकुरको अध्यक्षता साथै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाको स्थापना उद्देश्य र अभियानका बारेमा संस्थाका उपाध्यक्ष वावुराम खड्काले जानकारी दिनुभएको थियो भने स्वगत मनतब्य संस्था सचिव रामजी ज्ञावीलले गर्नु भएको भ्रष्टचार विरुद्ध नागरिक निगरानी संस्थाका सचिव रमेश भुसालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?