ट्रेन्डीङ्ग

देशलाई आवस्यक परे युवाहरु बम बनेर निस्कने छौ -अनिलकिशोर घिमिरे

अनिल नेपाली माघ १५ अर्घाखाँची ।अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरेले देशलाई आवस्यक परे युवाहरु बम बनेर निस्कने चेतावनी दिनुभएको छ ।

संवैधानिक कु गर्ने र जनतालाई झुक्याएर देश बेच्नेहरु नसच्चिए युवाहरुले जस्तोसुकै मुल्य चुकाएरै भएपनि राष्ट्र जोगाउनुपर्ने उहाँको धारणा छ । संसद विघटन,संघियता,भ्रष्टाचार तथा सामाजिक विकृतिको बिरोध र राष्ट्रियता,गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा अखिल नेपाल युवक संघ अर्घाखाँचीले आज सन्धिखर्कमा आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीपछी शान्तिबंगैचामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मुलुकको सम्पतीलाई पेवा सम्झिएर राज गर्नेहरुले देशलाई खोक्रो बनाइसकेको भन्दै अध्यक्ष घिमिरेले राष्ट्रभक्त युवा,विद्यार्थि सहित सबै नेपाली देश बचाउन निस्किनुपर्ने बताउनुभयो । विदेशी शक्तिकेन्द्रको इशारामा मुलुकमा आएको संघियता सत्ताशिन दलका कार्यकर्ता पाल्ने माध्यम भएको भन्दै उहाँले सार्वभौम मुलुकलाई जोगाइराख्न संघियता र एमसीसी जस्ता घातक पक्षको खारेजीको विकल्प नभएको जिकिर गर्नुभएको छ । भ्रष्टाचार,अनियमितता,कालोबजारि र विदेशी शक्ति केन्द्रको हालीमुहालीलाई बढवा दिन कांग्रेस र अहिलेका नेकपा सबै जिम्मेवार भएको आरोप लगाउँदै अध्यक्ष घिमिरेले सबै दलका चरित्र सुधार्न वुवाहरुको एकताको खाँचो औल्याउनुभएको छ ।

विकासको मेरुदण्ड शिक्षा र स्वास्थ्यलाई कमाउने थलोको रुपमा परिणत गरि युवाजति विदेश पलायन गर्नेहरुबाट समृद्धि सम्भव नभएको समेत उहाँले बताउनुभएको छ । प्राप्त उपलब्धिलाई जोगाइराख्न अहिलेको विघटित संसद पुर्नस्थापना आफुहरुको माग भएपनि दिर्घकालिन रुपमा यो व्यवस्थाले जनता र देशको हितमा काम गर्न नसक्ने अध्यक्ष घिमिरेको दाबी छ । नाम मात्रको नेकपा र कांग्रेसले गरेका गल्ती सच्याउन जनताले नैशियत दिनुपर्ने समेत उहाँले बताउनुभयो ।

झन्डै २ सय मोटरसाइकलमा ३ सय जति युवाहरुले मसाल बजारबाट निकालेको र्‍याली सन्धिखर्क र चुत्राबेसीका सबै बजार परिक्रमापछि शान्ति बंगैचामा पुगेर कोण सभामा परिणत भएको थियो ।

युवक संघ अर्घाखाँचीका सचिव ठाकुर पन्थीको संचालनमा सम्पन्न कोणसभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.ले पनि सम्बोधन गर्नुभएको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष के.सी.ले प्रधानमन्त्री ओली र नाममात्रको नेकपाको भविष्य सिद्धिएको जिकिर गर्नुभएको छ । यदि जनताले उनिहरुलाई सहि उपचार नगरेमा उनिहरुले देश भँड्खालोमा हाल्ने उहाँको आशंका छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal