ट्रेन्डीङ्ग

सामाजिक विकास शाखा द्धारा महाकवि देवकोटा नमुना मा. वि को अनुगमन

 

सुनवल । महाकवि देवकोटा नमुना मा. वि सुनवलमा ४ मा सुनवल नगरपालिकाको सामाजिक विकास शाखा द्धारा अनुगमन भएको छ । समाजिक विकास शाखा संयोजक भगवती वस्यालले विद्यालयको अनुगमन गर्नु भएको हो । अनुगमन गर्दै बस्यालले नमुना विद्यालयको आवश्यक पुर्वधारहरु महाकवि देवकोटामा रहेको बताउनुभयो ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति , विद्यालय र अभिभावक विच पनि राम्रो अन्तरसम्वन्ध रहेको भन्दै शैक्षिक र भौतिक दुवै पक्ष राम्रो रहेको बताउनुभयो । जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा परिचित महाकवि देवकोटामा नर्सरी कक्षा देखि कक्षा १२ सम्म पठनपाठन हुने गर्दछ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन , कानुन र शिक्षा अन्तर्गतका विषयहरु पठनपाठन हुदै आइरहेको छ । विद्यालयमा २२ सय भन्दा वढि विद्यार्थीहरुले पठनपाठन गर्ने विद्यालयले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal