
सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमुना माविमा विद्यालयको शैक्षिक गुणस्तर तथा प्रावि र पुर्व प्रावि शिक्षकहरको लागी तालिम सुरु भएको छ।
तालिमको उद्घाटन शत्रलाई सम्वोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले शैक्षिक गुणस्तरका लागी तालिम निकै फलदायी हुनेमा विद्यालय विश्वस्त रहेको बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरु,शिक्षक अभिभावक संघ,शिक्षक तथा कर्मचारीहरु उपस्थीत रहेको कार्यक्रममा सह प्र रुकमागत वस्यालको स्वगत मन्तब्य रहेको थियो भने तलिमको वारेमा प्रशिक्षक दिपक घिमिरेले प्रकाश पार्नुभएको थियो।
दुई दिन सम्म संचालन हुने तालिममा करिव २० जना शिक्षकहरुको सहभागिता रहेको विद्यालयका प्रअ खेमलाल शर्माले जानकारी दिनुभयो।