ट्रेन्डीङ्ग

कक्षा ११ र १२ अध्ययनको लागि महाकवि देवकोटा विधार्थीहरुको रोजाइमा

सुनवल।शैक्षिक गुणस्तर संगै भौतिक संरचनामा पनि अब्बल महाकवि देवकोटा नमुना मावि कक्षा ११ र १२ को अध्ययनको लागी उत्तिकै अब्बल रहेको एसइइ दिई वृजकोर्षमा अध्ययन गरेका विद्यार्थीहरुले वताएका छन्।वृजकोर्ष समापन कार्यक्रममा वोल्दै विद्यार्थीहरुले कक्षा ११ र १२ अध्ययनको लागी महाकवि देवकोटानै आफुहरुको रोजाईमा परेको बताएका हुन्।जिल्लामै सामुदायिक विद्यालयमा पहिलोपल्ट वृजकोर्ष संचालन गरेको महाकवि देवकोटामा अब्बल र लामो समय सम्म अनुभवि शिक्षकहरुबाट आफुहरुले कोर्ष सम्वन्धि धेरै ज्ञान हासिल गरेको वृजकोर्षमा अध्ययनरत छात्रा अन्जनी विकले बताईन्।सबै संकायको पठनपाठन हुने,दक्ष र अनुभवि शिक्षकहरु भएको,विज्ञान र होटल म्यानेजमेन्टमा उपयुक्त ल्यावहरु समेतको आफुले अवलोकन गरेको भन्दै कक्षा ११ र १२ महाकवि देवकोटामै पढ्ने निणर्य समेत गरेको उनको भनाई छ। त्यस्तै देवकोटामै वृजकोर्ष अध्ययन गरेका अर्का छात्र प्रज्वल विकले सवै सेवा सुविधा सहित शिक्षकहरुले उत्पेरणात्मक शैलिबाट पठनपाठन गराएको भन्दै कक्षा ११ र १२ को लागी अन्यत्र जान नपर्ने बताए ।कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै कक्षा ११ र १२ तर्फ विज्ञान संकाय संयोजक तथा कार्यक्रमका अध्यक्ष विष्णु काफ्लले वृजकोर्षले विद्यार्थीहरुको आगमि शैक्षिक यात्रालाई तय गर्ने सहजहुने भएकाले वृजकोर्ष संचालन गरेको बताउनुभयो । महाकवि देवकोटा नमुना मा.विमा विज्ञान पढ्ने विद्यार्थीको आन्तरिक क्षमतालाई लाई मध्यनजर राख्दै शिक्षक विद्यार्थीमा हार्दिक सम्वन्ध स्थापित गरि विद्यार्थीले राखेको लक्ष्य प्राप्तीका लागी समग्र शिक्षकहरु प्रतिवद्ध रहेको विज्ञान संयोजक काफ्लेले बताउनुभयो।त्यस्तै विद्यालयका प्रअ खेमलाल शर्माले शैक्षिक सवालमा कुनै पनि सम्झैता नगर्ने भन्दै विद्यार्थीहरुको पठनपाठन र सिकाइलाई उच्च प्राथमिकता दिएको वताउनुभयो।जसले गर्दा जिल्लमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको समेत प्रअ शर्माको भनाई छ।त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि ज्ञानहरी अर्यालले विद्यालयलाई जिल्ला प्रदेशमा मात्र नभई देशमै उत्कृष्ट वनाउने तर्फ व्यवस्थपन समिति लागी परेको बताउनुभयो। त्यसका लागी विद्यार्थी, शिक्षक र अभिभावकको समेत महत्वपुणर् भुमिका रहने उहाँको भनाई छ।विद्यार्थी र विद्यालयको सवालमा व्यवस्थापन समिति जिम्मेवार रहेको भन्दै आवश्यक शैक्षिक र भौतिक सवै पक्षलाई अब्बल वनाउन कुनै पनि कसुर वाकि नराख्ने अध्यक्ष आर्यलको भनाई छ।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष डिल्लीराम शर्मा,सह-प्रध्यापक रुकमागत वस्याल,खेम नेपाली,विद्यालयका संयोजक विकास भण्डारी,धु्रव घिमिरे लगाएतले विद्यार्थीहरको शैक्षिक प्रगतिको कामना गर्दै लक्ष्य उन्मुख तर्फ विद्यार्थीहरु केन्द्रित हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा शिक्षकहरु कमल गिरि,शारदा पौडेल,चिरञ्जीवि काफ्ले,चिरञ्जीवि पौडेल,सुरज पाण्डे,दिपक अर्याल लगायत वृजकोष अध्ययनरत विद्यार्थीहरुको उपस्थीति रहेको थियो भने कार्यक्रमको संचालन शिक्षक कृष्ण लामिछानेले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?