ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा लुम्बिनी बिश्वबिद्धालयको सिटि कलेज तालाबन्दी

रुपन्देही।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) सिटि क्याम्पस इकाइ समितिले सहमति भएको महिनै दिनसम्म पनि विद्यार्थी माग पूरा नगरेको भन्दै सिटि कलेज बुटवलमा आज तालाबन्दी गरेको छ।

आन्दोलनरत अखिल(क्रान्तिकारी)र लुम्बिनी बौद्ध विश्वबिद्यालय दुवै पक्षका प्रतिनिधिहरुबिच केन्द्रीय क्याम्पस लुम्बिनीमा २०७९ बैशाख १९ गते ९ बुदे सहमति पत्रमा हस्ताक्षर भएको थियोे।

आन्दोलनरत पक्षले बुझाएको मागपत्रको आधारमा दुवै पक्षबीच ९ बुँदे सहमति भएको थियोे।बिद्यार्थीहरुको माग पुरा गर्न विश्वविद्यालय सहमत भएपछि सहमति पत्रमा अखिल (क्रान्तिकारी)का सिटी कलेज कमिटी अध्यक्ष आविस पौडेल र विश्वबिद्यालय प्रशासन प्रमुख चुडामणि पोखरेलले हस्ताक्षर गरेका थिए।

३ महिना पुग्दा पनि सहमति कार्यान्वयन नभएपछि बाध्य भएर तालबन्दी गर्नु परेको अखिल(क्रान्तिकारी) का इकाइ अध्यक्ष आबिश पौडेलले बताएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal