ट्रेन्डीङ्ग

जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

रन्जित शर्मा ,नवलपरासी, २ असोज।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड न २ का बाढी प्रभावित क्षेत्रको वडा अध्यक्ष चन्द्रीका आग्रहरी सहितको टोलिले स्थलगत अनुगमन गरि सामान्य राहत वितरण गरेको छ ।                                                                                                                                लगातार ३ दिन देखि परेको अविरल पानी तथा झरही नदिमा आएको बाढीले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड न २ बजार क्षेत्रका कयौं घर डुबानमा परेका छन । अनुगमन गर्दै अध्यक्ष अग्रहरीले यस क्षेत्रको समस्याको समाधान गर्न आफू लागि परेको बताउनुभएको छ ।                                                                                                                                                       रामग्राम नगरपालिका वडा नं.२ का वडा अध्यक्ष चन्द्रीका अग्रहरी नेतृत्वको टोलिमा वडा सदस्य सुनिता श्रेष्ठ, धिरज हलुवाई , नेपाली काग्रेस पश्चिम नवलपरासीका नेता अमृत सिंह जिसि, नेपाल परिवार नियोजन संघका यूवा सदस्य ईमामुल अली लगायतको सहभागीता रहेको थियो । अनुगमनकै क्रममा बाढी पीडितहरुलाई राहत स्वरुप चिउरा, दालमोट वितरण गर्दै दिर्घकालिन समस्या समाधानका लागि झरहि नदिमा तटबन्ध सहित उच्च ड्याम, सुरक्षित भवन र पानी निकास लगायतको कार्य गरिरहेको वडा अध्यक्ष अग्रहरीले बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?